वैदेशिक रोजगारीमा जाने कामदारहरु संगै मिलेर कामदारहरुकै लागि नेपालीमा तयार गरिएको मोवाइल एप्लिकेशन ।

यस मोवाइल एप्लिकेशनले वैदेशिक रोजगारमा जानेहरुलाई आम्दानी, खर्च र वचतको राम्रो हरहिसाव राख्दै प्रभावकारी निर्णय गर्न मद्धत गर्दछ ।

फाइनान्सियल क्याल्कुलेटर एप स्टोर, प्ले स्टोर र वेभ भर्जनमा उपलब्ध छ ।

hand_bg

प्रवासीको साथ मोवाइल एप्लिकेशन सम्बन्धमा पटक पटक सोधिने प्रश्नहरु

वैदेशिक रोजगारीमा जाने तथा गएका कामदारहरु सँगै बसी कामदारहरुकै लागी बनाइएको मोवाइल एप्लिकेशन हो, प्रवासीको साथ । यस मोवाइल एप्लिकेशनले वैदेशिक रोजगारीमा जाने तथा गएका कामदारहरुलाई आम्दानी, खर्च तथा बचत बारे विश्लेषण तथा प्रभावकारी निर्णय गर्नमा सघाउ पु¥याउदछ ।

प्रवासीको साथ मोवाइल एप्लिकेशनको मुख्य उद्घेश्य भनेको खाडी मुलुक र मध्य पुर्वी देशमा जाँदा अबलम्बन गरिने प्रक्रियागत चरणहरुः विदेश जानु अघि, विदेश जाने तयारीमा, विदेशमा हँदा तथा नेपाल फर्किसकेपश्चातको आम्दानी, खर्च तथा बचतको बारेमा जानकारी प्रदान गर्न ।

एन्ड्रोयडको लागि गुगल प्ले स्टोरमा, आइफोनको लागि एप स्टोरमा गई ुएचबदबकष् प्य क्बबतजु टाइप गर्नुहोस वा इन्टरनेट ब्राउजर मार्फत धधध।उचबदबकष्पयकबबतज।अयm टाइप गरी सिधै वेभ भर्जनमा गई चलाउनुहोस् ।

सामान्यतया, प्रवासीको साथ मोवाइल एप्लिकेशन जोसुकैले पनि चलाउन सक्छ तर विशेषगरी वैदेशिक रोजगारीमा जान लागेका तथा गएका कामदारहरुका लागि एकदमै उपयोगी छ ।

प्रवासीको साथ मोवाइल एप्लिकेशन एन्ड्रोयड र आइफोनमा चलाउन सकिन्छ ।

निशुल्क छ । प्रवासीको साथ मोवाइल एप्लिकेशन प्रयोग गरे वापत कुनै पैसा लाग्दैन ।

अनिवार्य रुपमा त इमेल आवश्यक्ता होइन् तर इमेल भयो भने आफूले आम्दानी, खर्च तथा बचत अभिलेख राख्नका लागी सहयोगी हुन्छ ।

पहिले पटक मोवाइल एप्लिकेशन डाउनलोड गर्न र मुंद्रा रुपान्तरणको लागि वाइफाई तथा इन्टरनेट आवश्यक छ । त्यो वाहेक यो मोवाइल एप्लिकेशन पुर्णरुपमा अफलाइन चलाउन सकिन्छ ।

हुन्छ । जव यो मोवाइल एप्लिकेशन चलाएको समयमा वाइफाई तथा इन्टरनेटमा जोडिन्छ तव मुद्रा रुपान्तरण स्वत भैरहन्छ ।

२४ मे २०१७

खाडी मुलुक (साउदी अरेयिबा, कतार, सयुक्त अरब इमिरेट्स, ओमान, कुवेत) र मध्यपुर्वी देश मलेसिया

विश्व शिक्षा, कालोपुल, काठमाडौं, नेपाल

अम्निल टेक्नोलोजी प्रा.ली, मानभवन, ललितपुर

ह्युम्यानिटी युनाइटेड, सयुक्त राज्य अमेरिका

विश्व शिक्षा, प्रवासीको साथ परियोजना, कालोपुल, काठमाडौं, नेपाल

वैदेशिक रोजगारीमा जान लागेका तथा गएर फर्किएका सयौं कामदारहरुसंगको अन्तक्र्रिया पश्चात तयार गरिएको मोवाइल एप्लिकेशन हो, प्रवासीको साथ ।

मुख्यतया तीनवटा (विदेश जाने तयारीमा, प्रस्थान गर्नु अघि र विदेशमा हुँदा) खण्डहरु छन् तर यसमा अपुग भएका जानकारी विवरणहरु तथा अन्य थप विवरणहरु साइड मेन्यु खण्डमा राखिएको छ ।

--विदेश जाने तयारीमा खण्डः राहदानी, सिप विकास तालिम, मेनपावर कम्पनी, सम्झौता, भिसा अनुरोध, हवाइ टिकट, ऋण, स्वास्थ्य परिक्षण, अभिमुखिकरण केन्द्र, बीमा, कल्याणकारी कोष र श्रम स्वीकृती
--प्रस्थान गर्नु अघि खण्डः देशअनुसारको सामान्य जानकारी विवरणको साथै जानु अघि साथमा हुनु पर्ने कागजातको रुजु सूची
--विदेशमा हुँदा खण्डः आम्दानी, खर्च, वचत तथा विप्रेषण
--साइड मेन्यु खण्ड ः मेनपावर, मेडिकल, अभिमुखिकरण केन्द्र, सीप विकास तालिम केन्द्र, बीमा कम्पनी, कालो सुचीमा सुचिकृत मेनपावर कम्पनी, सम्बन्धित देशका दुतावासहरुको नामावलीहरु, विदेश गइसके पश्चात गर्न हुने नहुने कामहरु, अनलाइन बैकिंकको लागि बैंकहरुका सूची साथै अन्य विविध थप जानकारीहरु यो खण्डमा समावेश गरिएको छ ।

विदेश जाने तयारीमा र विदेशमा हुँदा खण्डमा लागेको लागत भर्ने खण्ड राखिएको छ । विदेश जाने तयारीमा खण्ड सम्झौतापत्रानुसार पुर्णरुपमा भरिसके पश्चात सम्बन्धित देश जानको लागि लागेको खर्च र सो अनुसारको बचत कत्ती हुन्छ र त्यो लागत कति समय भित्र हासिल गर्न सकिन्छ भन्ने जानकारी विश्लेषणबाट पाउन सकिन्छ ।

विदेश जानु पुर्व विदेश जान चाहने व्यक्तिले एकमुष्ट रकम एजेन्ट वा रिक्रुटमेन्ट एजेन्सीलाई कुन कुन शिर्षकमा दिइएको हो भन्ने रेकर्ड राख्न यो खण्डको प्रयोग गरिन्छ ।

यो सुरक्षित छ । तपाइले मोवाइल एप्लिकेशनमा राख्नुभएको अभिलेख एप्लिकेशन भित्र विवरणहरुलाई पुर्ण रुपमा सुरक्षित राख्ने व्यवस्था गरिएको छ ।

तपाई साइड मेन्युमा रहेको सेभ एण्ड कन्टिन्यु बटनमा जान सक्नुहुन्छ । त्यहा देखिने खाली ठाँउमा तपाइले सुरक्षित गर्न चाहनुभएको इमेल ठेगाना टाइप गर्न सक्नुहुन्छ । लिंक समेतको एउटा टोकन इमेल तपाइको इमेलमा पठाइन्छ । त्यसपछि इमेल मोवाइल वा कम्प्युटर के बाट खोल्ने सो लिंक मार्फत तपाइले खोल्न सक्नुहुन्छ ।

यदि मोवाइल एप्लिकेशन प्रयोगकर्ताले मोवाइल हरायो भने प्राप्त गर्न सकिन्छ तर साइड मेन्युमा भएको सेभ एण्ड कन्टिन्यु खण्डमा गएर आफ्नो इमेल लगइन गरेको हुनुपर्दछ र पछि इमेल प्राप्त हुन्छ । त्यस इमेल मार्फत मोवाइलको लागि र कम्प्युटरमा चलाउन सकिने लिंक दिइन्छ र पुन आफूले अभिलेख चाहेअनुसारको ग्याजेटमा सक्रिय गर्न सकिन्छ ।

प्रवासीको साथ मोवाइल एप्लिकेशन भित्र साइड मेन्युमा सुझाव तथा प्रतिक्रिया खण्ड छ त्यहाँवाट वा वेभसाइटमा गएर कन्ट्याक्ट अस खण्डमा गएर सुझाव वा प्रतिक्रिया पठाउन सकिन्छ ।

स्क्रिनको माथिल्लो दाया भागमा राखिएको रिसेट बटन थिच्नुहोस अनि सेभ गरिएको विवरणहरु हटाई नया विवरणहरु राख्नुहोस ।

विदेश जाने तयारीमा खण्डको प्रत्येक प्रक्रियामा रकम राखेर विश्लेषण गरे पश्चात जान लागेको देश परिवर्तन गर्न सकिन्छ । विश्लेषण खण्ड सक्रिय हुनका लागी ऋण खण्ड र सीप विकास खण्ड बाहेक १२ वटा मा १० वटा खण्डमा खर्च रकम भर्नु अनिवार्य छ ।

तपाइले विदेश जाने तयारीमा खण्ड भित्र गई साइड मेन्युमा जान सक्नुहुन्छ र आफ्नो लागि उपयुक्त नेपाली तथा अंग्रेजी भाषा छान्न सक्नुहुन्छ ।